आइतबार इदको सार्वजनिक विदा

musalmanकाठमाण्डौ । मुसलमान समुदायको पर्व इदको अबसरमा सरकारले आइतबार सार्वजनिक विदा दिने भएको छ । इदको दिन विदा दिने निर्णय यसअघि नै भएको र यो वर्ष साउन ३ गते आइतबार इद परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

हिजरी सम्वतको रमजान महिनाभर रोजा अर्थात व्रत बसेपछि मुसलमान समुदायले इदुलफित्र मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्: