आफ्नै पैसा घुसको रुपमा प्रयोग गराई अख्तियारको छापा

divijan karyano rolpaअख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको एक टोलीले सहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालयमा छापा हानेको छ । प्रहरी निरीक्षक कृष्णबहादुर विष्टको नेतृत्वको टोलीले विहान ११ वजे तिर कार्यालयमा छापा हानि १ लाख ४६ हजार सहित लेखा अधिकृत देवराज पोख्रेललाई पक्राउ गरेको हो ।

त्यसै गरि श्रोत नखुलेको भन्दै अरु थप ४ लाख पनि जफत गरेको छ। ‘१ लाख ४६ हजार सेवा ग्राहीबाट लिदा लिदै प्रकाउ गरेका हौ’ निरीक्षक विष्टले बताए । घुसका रुपमा वुझाईएको भनिएको १ लाख ४६ हजार रकमको फोटोकपी सहित अख्तीयार टोली कार्यालय पुगेको थियो । ‘सेवा ग्राहीले उजुरी दिएको आधारमा पुगेका हौ’ अख्तीयार प्रवक्ता जंगबहादुर डाँगीले भने ।

‘फोटो कपि गरिएको पैसा सेवा ग्राहिलाई दियौ, अनि सेवाग्राहीले रकम लेखा अधिकृतलाई बुझाउँदा बुझाउँदै पक्राउ गरिएको हो,’ प्रवक्ता डागीले भने । उजुरी कर्तालाई पैसा दिएर कार्यालयमा पठाईपछि आफनो टिम पुगेर अख्तियारले छाप हानेको थियो ।

प्रतिक्रिया दिनुहोस्: