दुई झापाली कतारमा अलपत्र

btmबिर्तामोड । बैदेशिक रोजगारका लागी २ महिना अघि कतार पुगेका दुई झापाली अलपत्र परेका छन् । इलेक्ट्रोनिकमा इन्डोर कामको मेनपावरसँग सम्झौता गरी कतार पुगेका सनि–अर्जुन–९ का सागर ढकाल र प्रविन राजवंशी अलपत्र परेका हुन् ।

झापाको बिर्तामोडमा सञ्चालनमा रहेको मेनपावरमा कागजपत्र पेश गरेका उनीहरुलाई एपोलो मेनपावरले बैदेशिक रोजगारका लागि कतार पठाएको ढकालकी दिदी हिमा गिरीले बताइन् ।

कतारको बिल्डीङ्ग एण्ड इन्जिनियरिङ्ग ब्युरो टेडिङ्ग कन्टक्शन कम्पनीमा कामका लागि गएका उनीहरुलाई भने अनुसारको काम नभएपछि अहिले सडकमा बस्न बाध्य भएको उनका बुबा सूर्यप्रसाद ढकालले जानकारी दिए ।

ढकाल र राजबंशीले प्रति ब्यक्ति ८५ हजार रुपैयाँ सयकडा ५ रुपैयाका दरले ऋण काडेर मासिक ९ सय तलब हुने सम्झौता गरी कतार पुगेका थिए । सम्झौता भएअनुसारको काम नभएपछि आफुहरुलाई सम्झौता अनुसारकै काम दिन माग गर्दा केहि दिनमै उनीहरुलाई कम्पनीले निकालेको थियो ।

सडकमा बस्दै आएका कामदारहरु नेपाल फकाउर्ने बिषयमा उनीहरुको परिबारले मेनपावर कम्पनीका प्रतिनिधी लाई बारम्बार भनेता पनी वास्ता नगरेपछि पत्रकार सम्मेलनका बिच आफन्त सकुसल नेपाल ल्याउन मेनपावर ले जिम्मा लिनु पर्ने माग गरेका छन् ।

यसै बिषयमा इलाका प्रहरी कार्यलय बिर्तामोडमा एक महिना अघि यी दुर्वै मेनपावरका का प्रतिनिधी बिकल भट्टराई र प्रविन राउत, बैदेशिक रोजगार ब्यावसायीका प्रतिनिधी धनवहादुर पङधाकले एक महिना भित्र सम्झौता गरेअनुुसारको काममा लगाउने भनेका थिए ।

खान बस्नको बन्दोबस्त गर्ने, तोकिएको तलब दिने भनिए पनी हाल सम्म कुनै कामको ग्यारेन्टी नभएको पीडित परिवारले जानकारी गराए । ब्यसायीलाई सम्पर्क गर्न खोज्दा ब्यवसायीहरुको फोन सम्पर्क हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्: