बेवारिसे शव भेटियो

gorkha गोरखाको गाँखु गाविस–५ स्थित नयाँबजार नजिकैको खोलामा शुक्रबार एक महिलाको शव भेटिएको छ । निर्वस्त्र अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

निधारमा चोट लागेको अवस्थामा करिब ५५ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन । शव परीक्षणका लागि गोरखा जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: