यस्तो छ सलमानको ‘बजरंगी भाईजान’ को कथा

bajrangi-bhaijaan_1437116एजेन्सी । डाइरेक्टर कबीर खानले करीब तीन बर्षपछि ठूलो पर्दामा फर्किएका छन् । फिल्म हो ‘बजरंगी भाईजान’ । २०१२ मा कबीर र सलमानको जोड़ी ‘एक था टाइगर’ आएको थियो । ‘एक था टाइगर’ फिल्म त्यस बर्षको सबैभन्दा बढी कमाई गर्ने फ्रिल्म बनेको थियो ।

एकपटक फेरी यो जोड़ी बक्स अफिसमा सबैको सामुने आएको छ । यो सलमान खानको प्रोडक्शनको पहिलो फिल्म हो ।  फिल्मको कथा ट्रेलरमै राम्रोसँग बुभिन्छ । मुन्नी (हर्षाली मल्होत्रा), जुन ६ बर्षकी बालिका भौटारिदै पाकिस्तानदेखि भारता आइपुग्छिन् ।

उनी कसैलाई आफ्नो घरको ठेगाना समेत जान्दीनन् किनकी उनी बोल्न सक्दिनन् । त्यसरी भौटारिएकी बालिकाको भेट हुन्छ एउटा राम्रो मानिस पवन कुमार चतुर्वेदी उर्फ बजरंगी (सलमान खान) सँग । बजरंगी मुन्नीलाई धेरै शहर सुनाउछन् ।

तर, उनी ती शहरमा कुनै शहर चिन्दिनन् । जब उनले पाकिस्तानको नाम लिन्छन्, मुन्नीले आफ्नो ठाउको हल्लाउछिन् । अनि बजरंगीको एउटै लक्ष हुन्छ उनी जसरी पनि मुन्नीलाई उनको घर पुर्याउने । धेरै कोशिश गर्दा पनि उनलाई पाकिस्तानका भिषा मिल्दैन तब बिना भिषा जाने फैसला गर्छन ।

यस कामको लागि उनलाई मद्दत गर्छन एकजना पाकिस्तानी पत्रकार (नवाजुद्दीन सिद्दिकी)। मुन्नीलाई पाकिस्तानमा छोड्ना जाँदा बजरंगीलाई ठूलो समस्याको सामना गर्नुपर्छ । यस्तै यस्तै कथालाई समेटिएर तयार पारिएको छ यो फिल्म । फिल्ममा सलमान खान, करीना कपूर खान, नवाजुद्दीन सिद्दिकी र हर्षाली मल्होत्रा लगायत कलाकार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: