संविधानको मस्यौदामा सेना रुष्ट

sambidhan 2072काठमाण्डौ । संविधानको प्रारम्भिक मस्यौदामा नेपाली सेनाको भूमिका कटौती गरेको भन्दै सैनिक मुख्यालयले असन्तुष्टि व्यक्त गरेको छ । प्रधानसेनापति राष्ट्रिय सुरक्षा परिषद्को सदस्य हुन नपाउने प्रावधान संविधानको मस्यौदामा राखिएपछि सैनिक मुख्यालयले असन्तुष्टि जनाएको हो ।

नेपाली सेनाले प्रधानसेनापतिलाई सुरक्षा परिषद्मा नराख्नु, भर्ना तथा छनोटको जिम्मेवारी लोकसेवा आयोगलाई दिनु र अनियमितता गरी सैनिक ऐनअनुसार कारबाही भोगेका सैनिक अधिकारीलाई पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नसक्ने प्रावधान मस्यौदामा राखिएकोमा असन्तुष्टि जनाएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: