१२२ न्यायाधीश सरुवा

adalatकाठमाण्डौ । न्यायपरिषदले जिल्ला र पुनरावेदननका गरी १ सय २२ न्यायाधीशको सरुवा गरेको छ । प्रधान न्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा परिषदको बिहीबार बसेको बैठकले विभिन्न जिल्लाका ८८ र पुनरवेदनका ३४ न्यायाधीशको सरुवा गरेको हो ।

आर्थिक वर्षको अन्तमा न्यायाधीशहरू सरुवा गर्ने प्रचलन छ । वर्षाैंदेखि दर्जनौं न्यायाधीश दरबन्दी एकातिर र काजमा अर्का्तिर काम गरिरहेका थिए । यसले गर्दा न्यायपालिका तदर्थ ढंगले चलिहेको भन्दै त्यसलाई स्थायित्व दिन सरुवाको काम थालेको श्रेष्ठले बताए ।

‘भर्खरै सरुवाको निर्णयमा सही गरेर आएको छु’ बिहीबार अपरान्ह ललितपुर बार एशोसियनले कार्यक्रममा न्यायाधीश र कानून व्यवसायीहरुका अघिल्तिर श्रेष्ठले भने,‘न्यायालयलाई यही ढंगले यथास्थितिमा राख्न सकिँदैनथ्यो, त्यसो हुनाले सरुवा गर्नु परेको हो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: