इलाममा १६ हजार पर्यटक भित्रिए

ilamइलाम । इलाममा यो आर्थिक वर्षकोे अवधिमा आन्तरीक तथा वाहृय गरी १६ हजार भन्दा बढि पर्यटक इलाम भित्रिएका छन् । इलामको कोल्बुङ्गस्थित जोरकलशमा रहेको जोरकलश पर्यटन सूचना केन्द्रका अनुसार यो आर्थिक वर्ष (२०७१र०७२) को साउन देखि २०७१र०७२ को अन्त्य सम्ममा १६ हजार ५ सय ४४ जना पर्यटक इलाम भित्रिएका हुन ।

ती मध्ये १४ हजार ९ सय ९० जाना आन्तरीक पर्यटक हुन भने १ हजार ४ सय ५४ जाना वाहृय पर्यटक रहेको जोर कलश पर्यटन सूचना केन्द्रका सूचना अधिकृत प्रेम अधिकारीले जानकारी दिए ।

पहाड कि रानी भनिएर चिनिएको इलाम जिल्ला विशेषगरी चिया खेतिका लागि प्रसिद्ध रहेको छ । पर्यटकहरु विश्वमा नै दुर्लभ र लोपन्मुख मानिएको हाव्रे, थार कालो भालु, इलामको पर्यटकीय स्थल माइपोखरी, सन्दकपुर, विश्वमा नै १० हजार को संख्यामा मात्र रहको र दुर्लभ मानिएको रेड पाण्डा पाइने स्थल जमूनाको चोयाटार इलामको चियावारी, भ्यूटावर, कन्याम चियाबारी, गजुरमुखि पाथिभरा, माइपोखरी लगायतको भ्रमण गर्न आउने गरेका छन् ।

इलामको चियावारी, हरियाली, साना ठूला नदिनाला, पोखरी, मठमन्दिर सून्दरर्ता पयृटकका आकर्षण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: