उद्योग वाणिज्य संघ बिर्तामोडमा झडप

btm uddyogaझापा । झापा उद्योग वाणिज्य संघ बिर्तामोड शाखाको विशेष भेलामा व्यवसायीको दुई समुहबीच झडप भएको छ । शनिबार दिउँसो भएको झडपमा परी केही व्यवसायी घाइते भएका छन् ।

बिर्तामोड नगरपालिका घोषणा भएको १६ महिनापछि मात्र संघले विशेष भेला गरेको र स्वतः विगठीत हुनुपर्ने संघका अध्यक्ष बलराम कार्कीलाई सभाको अध्यक्षता गराएपछि विवादले उग्ररुप लिदा व्यवसायीबीच झडपको स्थिती सिर्जना भएको थियो ।झडपमा परि रामबाबु धिमाल, शान्ता बस्नेत लगायत घाइते भएका छन् ।

गत वर्ष बिर्तामोड नगरपालिका घोषणा भएपछि झापा उद्योग वाणिज्य संघको शाखाको रुपमा रहेको बिर्तामोड संघ विगठित भएर नयाँ समिती गठन गर्नुपर्ने माग एमाले सम्बद्ध राष्ट्रिय वाणिज्य संघले गर्दै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको निर्देशनमा शनिबार संघले विशेष भेलाको आयोजना गरेको थियो । कार्यक्रममा संघका अध्यक्ष कार्कीलाई सभाध्यक्षको रुपमा सचिव किरण श्रेष्ठले आसनग्रहण गराएपछि एमाले सम्बद्ध व्यवसायीले विरोध जनाएका थिए । झडप र विरोधका कारण व्यवसायीको भेला केही घण्टका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: