मोरङ्गमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

0उर्लावारी । मोरङको उर्लाबारीमा शुक्रबार साँझ केशव थापा मगरले आफ्नै श्रीमतीको हत्या गरेका छन् । थापाले ५० वर्षकी देवीमायालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । उर्लाबारीको हटियामा सब्जी व्यापार गर्ने उनीहरुबीच दिउँसैदेखि विवाद भएको स्थानीयबासीले बताएका छन् ।

केशवले देवीमायालाई घाँटीमा प्रहार गरेको र घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । मृतक देवीमायाको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र उर्लाबारीमा राखिएको छ ।

श्रीमतीको हत्या गरेपछि केशवले आफुलाई पनि पेटमा खुकुरी प्रहार गरेका थिए । आफैले हानेको खुकुरीले गम्भिर घाईते केशवलाई अहिले उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: