फिफाका पूर्व उपाध्यक्ष वेबसँग १ करोड डलर धरौटी माग

fifaकाठमाण्डौ । न्यूयोर्कको एक अदालतले फिफाका पूर्व उपाध्यक्ष जेफरी वेबलाई धरौटीमा छोड्न आदेश दिएको छ । अदालतले एक करोड डलर धरौटी मागेको छ । उनलाई सिमिति क्षेत्रमा आउजाउ गर्न छुट दिइने छ भने उनका गतिविधिमाथि इलेक्ट्रोनिक माध्यमबाट निगरानी गरिनेछ ।

उनीमाथि मार्के्टिङ अधिकार विक्रीमा लाखौं डलर घुस लिएको आरोप लागेको छ तर, वेबले भ्रष्टाचारको आरोप अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: