मुसलमान समुदायले आज इद उल फित्र मनाउँदै

musalmanकाठमाण्डौ । मुसलमानहरूको पवित्र एकमहिने पर्व रमादान पर्व (रोजा) ब्रत पूरा भएको खुसियालीमा आइतबार मुसलमान समुदायले देशभर इद उल फित्र मनाउँदैछ । अति नै कठिन ब्रतका रूपमा लिइने सो ब्रत बिहान ३ः३५ बजेदेखि सुरु भई साँझ ७ः०५ बजेसम्म निराहार रही विभिन्न इस्लामिक धर्मग्रन्थ पाठ गरी बस्ने प्रचलन रहेको केन्द्रीय हज समितिका अध्यक्ष ताज मोहम्मद मियाले जानकारी दिए ।

सो समयमा नराम्रा काम गर्न नहुने र नराम्रा कुरा सुन्न तथा हेर्न नहुने जस्ता कडा नियम छन् । रोजा ब्रत आज सम्पन्न हुने भएकाले त्यसको खुसियालीमा मुसलमान समुदायले आइतबार इद उल् फित्र मनाउने उनले बताए ।

रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ । इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । सरकारले इद उल् फित्रका अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: