सिमांकनसहित संविधान जारी गर्ने तयारी – प्रधानमन्त्री

susilकाठमाण्डौ । प्रधानमन्त्री सुशील कोइरालाले प्रदेशको सिमांकन टुंगो लगाएर नयाँ संविधान जारी गर्ने प्रयास भइरहेको बताएका छन् । सिमांकन टुंगो लगाएर संविधान जारी गर्न सकिए विवाद कम हुने भएकाले त्यसको प्रयास भइरहेको उनले स्पष्ट पारे ।

नेपाल इन्जिनियर्स एसोसिएसनको ५३ औं वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सिमांकनबारे प्रमुख दलहरुबीच छलफल भैरहेको जानकारी दिए ।

प्रधानमन्त्री कोइरालाले संविधान जारी भएपछि राजनीतिक स्थीरता हुने र देश विकासको गतिमा अघि बढ्ने उनले विश्वास व्यक्त गरे । उनले बन्द हड्ताल जस्ता आन्दोलनका कार्यक्रम नगर्न सबै पक्षलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्: