किर्तिपुरमा वैद्य माओवादीको पनि सहभागिता

mohanकाठमाण्डौ । संविधानको मस्यौदामा जनताको मत शंकलनका लागि काठमाडौं क्षेत्र नम्बर १० को किर्तिपुरस्थित केन्द्रमा नेकपा–माओवादीका कार्यकर्ताको पनि उपस्थिति रहेको छ ।

मस्यौदामा जनमत संकलन गर्न भन्दै पाँगास्थित पाँगा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेकपा–माओवादीकी नेता सुभद्रा भुजेलले मस्यौदामा सुझाव दिएकी हुन्। (तस्विरमा माइक समातेर बोलिरहेकी) ।

संविधान सभाको निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीले पनि सहभागि जनाएको हो । काठमाडौं क्षेत्र नम्बर १० का प्रत्यक्ष र समानुपातिक सभासदसहित स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्: