झापामा कृष्ण सिटौला सहभागी कार्यक्रममा झडप,कार्यक्रम स्थल तनावपुर्ण

बिर्तामोड । झापाको क्षेत्र नम्बर–३ मा सुझाव संकलनका लागी सहभागी बनेका कृष्ण सिटौलाको कार्यक्रममा झडप भएको छ । झापाको बनियानी गाबिसको स्वास्थ्य चौकीको भवनमा आयोजित कार्यक्रम स्थल यतिबेला तनाबपुर्ण रहेको हाम्रा भद्रपुर सम्वाददाताले जनाएका छन् ।

राप्रपा नेपालका कार्यकर्तालाई कार्यक्रम स्थलमा प्रवेश निषेध गरिए पछी प्रहरी र राप्रपा नेपालका कार्यकर्ताबिच झडप भएको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । बनियानीको अवस्था तनावपूर्ण रहेको छ ।

राप्रपा नेपाल लगायतको समूहले बाहिर नारा जुलुस र प्रदर्शन गरिरहेको छ भने गेटमा ताला लगाएर हल भित्र सुझाव संकलन भइरहेको छ । प्रदर्शन र झडप भएपछि प्रहरीले संचारकर्मीलाईसमेत हल भित्र प्रवेश गर्न दिएको छैन ।

सुझाव संकलन भवनमा राप्रपा नेपालका कार्यकर्तालाई प्रवेशमा रोक लगाएपछि दुवैपक्षविच झडप भएको हो । प्रहरी र कार्यकर्ताबिच बादबिवाद भई ठेलाठेल भएपछि झडप सुरु भएको थियो । कार्यक्रम स्थलमा प्रहरीले लाठी चार्ज सुरुगरेपछि कार्यकर्ताको भाग दौड मचिएको थियो ।

भवनभित्र सुझाव संकलनकार्य जारीरहेको छ । विपक्षी कार्यकर्ताले जेनेरेटरको तार काटिदिएका छन् । भवन वाहिर कार्यकर्ताले नारावाजी गर्दै हो हल्ला गरिरहेको प्रहरीले बताएको छ ।

jhadapjhadap1

प्रतिक्रिया दिनुहोस्: