झापामा बसको ठक्करबाट एकको मृत्यु

thakkarझापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–७ मा गुडिरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाहुनडाँगी–४ निवासी ५१ वर्षीय अच्यूत ढुङ्गाना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ढुङ्गानाले चलाएको मे ६ प ६०५६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ४९४९ नम्बरको बसले उछिन्न खोज्दा आज बिहान ९ बजे ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको विर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: