दशरथ रंगशालाको जनमत शंकलनमा राप्रपा नेपालको अवरोध

01काठमाण्डौ । संविधानको मस्यौदामा जनताको मत शंकलनका लागि काठमाडौं क्षेत्र नम्बर १ को जनमत संकलन भइरहेको त्रिपुरेश्वरस्थित कभर्ड हलमा राप्रपा नेपालले अवरोध गरेको छ ।

हिन्दु राष्ट्रको माग गर्दै आएका २०(२५ जनाको संख्यामा आएका राप्रपा नेपालका कार्यकर्ताले कार्यक्रम विथोल्ने प्रयास गरेका हुन्। प्रहरीले बल प्रयोग गरी उनीहरूलाई गेट बाहिर र्पुयाएको छ । अहिले गेटबाहिर राप्रपा नेपालका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: