बुझेर सुझाव दिनुस् –ओली

kp oliकाठमाण्डौ । एमालेले संविधान शक्ति सन्तुलनको दस्तावेज भएकाले यसलाई मनन गर्दै मस्यौदामाथि सुझाव दिन सर्वसाधारणहरुलाई अपील गरेको छ । सोमबार र मंगलबार देशव्यापी रुपमा हुने मस्यौदामाथिको बिषेश सुझाव संकलन कार्यक्रमको पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी ओलीले विषेश अपिल जारी गरेका हुन् ।

उनले नेपाली राजनीतिमा परिवर्तनकारी लोकतान्त्रिक शक्ति बाहेक अन्य धार र प्रबृत्तिहरु पनि रहेकाले तीनलाई समेत मिलाउनुपर्ने कारणले कतिपय बिषयमा सम्झौता गर्नुपरेको उल्लेख गरेका छन् ।

‘मस्यौदाका बारेमा विमर्श गरिरहादा देश र जनताका आधारभूत हितमा दृढ रहदै संविधान निर्माणको विगत पृष्ठभूमि र शक्ति सन्तुलनको यस अवस्थालाई हेक्का राख्न म सबैसँग आग्रह गर्दछु’ ओलीले भनेका छन् ।

संविधान सभाको शक्ति संरचना अनुसार मस्यौदा निर्माण भएकाले प्रारम्भिक मस्यौदामा संगती नमिलेका पक्षहरु पनि रहेको ओलीको भनाई छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: