लिम्बूवान राज्यको माग गर्दै राँके जुलुश

Rake-Julusझापा । संघीय लिम्बूवान पार्टी नेपालले आईतवार साँझ अरुण पूर्वका नौ जिल्लामा राँकेजुलुश प्रदर्शन गरेको छ । लिम्बुवान स्वायत्त राज्य घोषणा गर, ०६४ फागुन १८ को पाँचबुँदे सहमति लागू गर, संघीयता र लिम्बुवान विरोधी कार्यहरू बन्द गर, लगायतका नारा लगाउदै लिम्बूवानका कार्यकर्ताहरुले नारा जुलुश गरेका थिए ।

मोरङको उर्लाबारीमा भएको राँके जुलुशमा संघीय लिम्बूवान पार्टीका उर्लाबारी नगर अध्यक्ष बरुण लाबुङले आन्दोलन रहर नभएर बाध्यता भएको बताए । सरकारले लिम्बूवानलाई उपेक्षा आन्दोलन झन झन चर्किने उनले चेतावनी दिए ।

उर्लाबारीमा भएको राँके जुलुशले नगर परिक्रममा गरेर कोणसभा गरेको थियो । साउन ४ र ५ गते संविधानको मस्यौदा सुझाब संकलन टोलीलाई विरोधपत्र बुझाउने कार्यक्रम राखेको संघीय लिम्बूवान पार्टीका कार्यकर्ता रवि मादेनले जानकारी दिए ।

अरुण पूर्वका नौ जिल्लालाई संबिधानबाटै स्वायत लिम्बुवान राज्य घोषणा गर्नुपर्ने र दलहरुबीच भएको १६ बुँदे सहमति खारेज गर्नु पर्ने मागसहित आन्दोलन थालिएको लिम्बूवानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: