खड्का सहित ९१ जनाद्धारा एमाओवादी परित्याग

mawowadiबिर्तामोड । एकीकृत नेकपा माओबादी बिर्तामोड नगर कमिटीका बिभिन्न पदमा रहि काम गर्दै आएका ९१ जना सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बिर्तामोडमा मंगलबार भएको भेलामा उपस्थित सदस्यीयहरुले आ–आफ्नै कामको ब्यस्तता जनाउदै पार्टी परित्याग गरेको जनाइएको छ ।

उनीहरुले अब उप्रान्त पार्टीमा रहि काम गर्ने अवस्था नरहेको जनाउँदै स्वतन्त्र रहने बताएका छन् । पार्टी परित्याग गर्नेहरुमा पुर्व नगर सेक्रेटरी ठगबहादुर खड्का, नगर सदस्य केशव पाठक, देबीप्रसाद भट्टराई, जयराम कोइराला, पुष्पलाल ओली, माधवप्रसाद सिटौला,  ख्यामबहादुर बुढाथोकी, प्रशान्त राजबंशी, चतुर नारायण चौधरी, आनन्द राई, बालजित राई, कबिन्द्र राई, मन्जित राई, लक्ष्मी थापा, कृष्णलाल राजबंशी, काजी नेपाली, तुलसी पौड्याल, फुलमाया बस्नेत, धिरेन राजबंशी, चानमानसिंह राजबंशी, ध्रुब आचार्य, मात्रिका तिम्सिना, श्याम मुर्मु, हेमकुमार सुबेदी, कुलबहादुर मगर जगदिश मित्तल, अरुण सुवेदी, बबिता सुवेदी, नितेश बस्नेत, केदार बस्नेत, बिष्णुबहादुर राजबंशी, दिलिप रम्तेल, खगेन्द्र खड्का, प्रेम खड्का, श्रीप्रसाद ओली, हरिप्रसाद खनाल, दीपक कार्की(डोली), बिष्णुकुमार राजबंशी रहेका छन् । त्यसैगरी राम पाण्डे, जितेन्द्र राजबंशी, मिनाकुमारी प्रधान, सुखमाया राई, गोपाल कडरिया, कुलबहादुर कार्की(डोली), बलबहादुर राजबंशी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: