तातोपानी भन्सारमा अर्थमन्त्री महत पत्नी मुछिइन्

01काठमाण्डौ । विनाशकारी भूकम्पपछि भन्सार कार्यालय बन्द भएकोले चीनतर्फ रोकिएका ३ सय ४० मालबाहक ट्रकका सामान अति न्यून भन्सार शुल्क लिएर छाडिएको छ । एक ट्रक बराबर ५ लाख रुपैयाँ शुल्क लिनुपर्नेमा भन्सार प्रमुख दिव्यराज पोखरेलले १ लाख रुपैयाँमात्र लिएर छाडेको खुलासा भएको छ ।

भन्सार प्रमुख पोखरेलले प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून मूल्यांकन गरी ती ट्रक छोडेर करोडौं रुपैयाँ राजस्व मार्ने काम गरेका छन् । ३४० ट्रकमा ३२२ मात्र चेकजाँच गरिएको थियो । १८ वटा ट्रक चेकजाँच नै नगरी छाडिएको स्रोतले बतायो ।

भन्नसार प्रमुख पोखरेलले १५६ वटा मालवाहक ट्रकमा सामान ल्याउने व्यापारीहरुलाई घरमै बोलाएर प्रतिगाडी घुसको दररेट तय गरी तोक आदेश गरेका थिए । अख्तियार दुरुपयोग अनुन्धान आयोगले छानविन गर्ने हो भने एयरपोर्ट्स्थित भन्सार कार्यालयको रेकर्डमा १६६ वटा ट्रकको मात्र प्रज्ञानपत्रमा तोक लगाइएको फेला पर्नेछ ।

असार २७ गते घरमै व्यापारी बोलाएर अर्थमन्त्री डा. रामशरण महतको श्रीमतीलाई छुट्टै र कांग्रेसको महाधिवेशनको लागि सहयोग गर्नुपर्छ भनेर व्यापारीसँग प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून भन्सार शुल्क लिएर सामान छाडेको स्रोतको भनाई छ ।

मन्त्रीको श्रीमती र कांग्रेसको महाधिवेशनको लागि सहयोग भनेर दररेट तोकी घुस लिएर तोक लगाएका पोखरेलले आफू पानीमाथिको ओभानो बन्न दूधको साक्षी बिरालो भनेझैं राजस्व अनुसन्धान विभागका दुई निर्देशक मदन दाहाल र कमल राजलबटलाई पनि सामेल गराएका थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: