पाटापुर पुरै जोखिममा, मेची खोलाले गाँउ बगाउने भय

khagenखगेन्द्र घिमिरे
बाहुण्डाँगी । झापाको बाहुण्डाँगी ९ स्थित पाटापुरका स्थानीय बासिन्दाहरु मेचीनदीले पुरै गाँउ नै बगाउला भन्ने त्रासमा बाचिरहेका छन् ।
मेचीनदीको पानीले तिब्र रुपमा नेपालपट्टिको भू–भाग कटान गर्न थालेपछि उनिहरुमा यो त्रास बढ्न थालेको हो ।

बाढीले यस वर्ष सो स्थानमा अघिल्लो बर्षभन्दा बढी क्षति गरेको छ । वर्षेनी थोरै कटान हुने गरेको पाटापुरमा यो बर्ष मेची नदी उर्लिदा पुरै गाउ नै जोखिममा रहेको छ । खोला बगिरहेको ठाँउमा देखाउदै स्थानिय अर्जुन पाण्डे भन्छन् –‘त्यहाँ मेरो जमिन थियो, अब कतिखेर गाँउ बगाउने हो थाहा छैन ।’

केही समयअघि भारतको टिङ्गलिङ्गमा गएको पहिरोले बनाएको बाँध भत्कीए पछि मेचीले नेपाली सिमानापट्टि बढी क्षति गरेको थियो । सो मेची नदिमा १० देखी १७ नम्बर सम्म पिल्लर नभएकोले भारतले नेपाली भू–भागमा आएर ढुङ्गा, गिटी, बालुवा आदि लाने गरेको समेत स्थानियहरु बताउछन् ।

‘नेपालमा चुरे संरक्षण भन्दै बन्द भएपनि हाम्रो तिर आएर भारतीय ट्याक्टर र ट्रकहरुले दिनहुँ ढुङ्गा लान्छन्’ निरास हुदै ओम पुरीले बताए । पुरीका अनुसार मेची नदीले इलामको भालुखोप दुधेखोला हुदै करिब २ किलोमिटर जमिन कटान गरिरहेको छ । यस कुरामा स्थानिय निकायले चासो दिनुपर्नेमा स्थानियको जोड छ ।

आफुहरुले पटक–पटक गाविसमा गएर यस विषयमा कुरा गर्दा चासो नदेखाईएको स्थानीयको भनाई छ । उनीहरुले पाटापुर होईन नेपाल बगाउँदैछ भन्ने सेचेर सबैलाई यो समस्या समाधानमा सहयोग गर्न विन्ती गरेका छन् ।

पाटापुर जोखिम मा रहेको छ भारतीय पक्षले दैनिक खोलाबाट ढुङगा ,गिटी, बालुवा निकासी गर्दा खोला झन् गोहिरो हुँदा गाउँ बढी जोखिममा रहेको स्थानिय खड्ग पुरी बताउछन् । करिब २० देखि ३० ठाँउमा तटबन्ध ग¥यो भने यो समस्या समाधान हुने थियो, तर हाम्रो कुरा कसले सुन्ने छैन स्थानियहरुको गुनासो छ ।

यस विषयमा झापा जिल्ला प्रमुख तेजप्रसाद पौडेलसगँ कुरा गर्दा स्थानियहरुको सहकार्यमा तारजाली तथा बोरामा बालुवा लगाएर छेकबार गर्ने बताए । उनका अनुसार तत्काल गर्नुपर्ने भएकाले प्राथमिक रोकथाम चाँडो भन्दा चाँडो गरिनेछ ।

नेपालको पूर्वी काकँरभिटाबाट १५ किमि उतरमा पर्ने पाटापुर क्षेत्रमा मेची नदिको बर्षेनी जमिन कटान भईरहदा समेत हाल सम्म कुनै निकायले चासो नदेखाउदा सो क्षेत्रमा बसोबास गर्ने ७१ परिबार पुरै जोखिमको अवस्था रहेका छन् ।

गाउनै पुरै जोखिम हुन लागेपछि स्थानिय हरुको पहलमा नदि किनार क्षेत्रमा करिब ४ हजार बिरुवा समेत रोपिएको छ । नेपाली भुमीमा भारतीय पक्षले खोलामा आएर ढुङगा निकाल्ने अनि नेपालको भु–भाग दैनिक जसो नदिले कटान गर्दा समेत सम्बन्धीत निकाय रमिते हुनु कहा सम्मको जाहेज कुरा हो ।

प्रतिक्रिया दिनुहोस्: