प्रचण्डलाई सिरहाबाट किन भगाइयो ?

prachanda photoसिरहा । सुझाव संकलनका लागि एनेकपा माओवादीका अध्यक्ष तथा सभासद् पुष्पकमल दाहाल प्रचण्ड सिरहा पुग्ने बित्तिकै ढुंगा हानाहान हुन थालेपछि सुझाव संकलन कार्यक्रम स्थिति भयो ।

सोमबार सिरहा क्षेत्र नम्बर ५ को मिर्चैयास्थित मोहन उच्च माविमा सुझाव संकलन कार्यक्रम सञ्चालन भएको केही बरेमै ढुंगामुढा हुन थालेपछि कार्यक्रम स्थगित भएको हो । संघीय समाजवादी फोरमका समानुपातिक सभासद् डा. वीरेन्द्र महतो प्रहरी र प्रदर्शकारीले हानेको ढुंगा लागेर घाइते भएका छन् । सभासद् प्रचण्डलाई जोगाउन हम्मेहम्मे परेपछि हेलिकप्टरबाट काठमाण्डु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: