बिर्तामोडमा बस तोडफोड, ३ कार्यकर्ता प्रहरी फन्दामा

4बिर्तामोड ।  संघीय समाजवादी फोरम नेपालका ३ जना कार्यकर्तालाई मङ्गलवार बिहान प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । बन्दमा बस चलाएको भन्दै बसमा ढुङ्गामुडा गर्दै गर्दा उनीहरुलाई हिकोला अगाडिबाट प्रक्राउ गरेको बिर्तामोड प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा फोरम नेपालका जिल्ला सदस्य सुरेश यादव, रामचन्द्र केसी र पञ्चलाल राजवंशी रहेका छन् । उपेन्द्र यादव नेतृत्वको फोरमले रौतहटमा कार्यकर्तामाथि प्रहरीले गरेको दमनको बिरोध स्वरुप आज नेपाल बन्दको घोषणा गरेको थियो । बन्दका कारण पूर्वमा छोटो दुरीका सवारी साधन चलेपनी लामो दुरिका सवारीसाधन भने चल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्: