रुपन्देहीको धकधही तनावग्रस्त प्रहरी बिट आगजनी, एक घाइते

8भैरहवा । संविधानको मस्यौदामा सुझाव संकलनको विरोधमा मधेसवादी दलहरुले गरेको प्रदर्शनपछि रुपन्देहीको धकधही तनावग्रस्त भएको छ ।

धकधहीमा प्रदर्शनकारीको ढुंगा प्रहारबाट केशव पाण्डे घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । प्रदर्शनकारीहरुले धकधहीको प्रहरी बीट तोडफोड गरेर आगजनी समेत गरेका छन् ।

प्रहरीमाथि हमला भएपछि सुरक्षाकर्मी आक्रामक भएका छन् । प्रहरीहरुले धकधकी चोकका घर घरमा पसेर आक्रमण गर्न थालेको जनाएका छन् ।

सो क्षेत्र रुपन्देही निर्वाचन क्षेत्रनम्बर १ को सुझाव संकलन केन्द्र भन्दा करिब २३ सय मिटर दुरीमा पर्दछ । बाहिर तनाव भए पनि सुझाव संकलनको काम जारी छ । कार्यक्रममा कांग्रेस, एमाले, एमाओवादी लगायत दलका सीमित नेता–कार्यकर्ता मात्र छन् ।

सर्बसाधारणको उपस्थिति छैन ।
सडक पनि सुनसान छ । सडकमा प्रहरी, मानवअधिकारवादी र सन्चारकर्मी मात्र देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्: