संविधानको मस्यौदा माथिको सुझाव संकलन

unnamedभद्रपुर । संविधानको मस्यौदा माथिको सुझाव संकलन तथा छलफल कार्यक्रम झापामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको जनस्तरको सुझाव संकलन कार्य पहिलो दिन केही स्थानमा छुटपुट घटना बाहेक दोश्रो दिन शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

सुझाव संकलन कार्यमा भाग लिँदै झापा जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, सर्वसाधारण नागरिकले नामाङ्कन र सिमाङ्कनसहितको संघीयता, स्वतन्त्र प्रेस, धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्षता, राजनीतिक कर्मीको योग्यता निर्धारण, गाँस, बास, कपास र रोजगारीको ग्यारेन्टी लगायत सुझाव झापा बासीको रहेको छ ।

सर्व स्वीकार्य संविधान जारी गर्नुपर्ने संविधानसभालाई सुझाव झापा बासीले दिएका छन् । सदरमुकाम भद्रपुरमा दोस्रो दिन संविधान सभा सचिवालयबाट आएको सभाषदको टोलीले आयोजना गरेको मस्यौदामाथिको छलफलमा स्थानीय राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।

सभाषद नरेन्द्र विक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भ नेकपा मालेका महासचिव सिपी मैनालीले मस्यौदाको विशेषताको चर्चा गरेर सुरु गरेका थिए । कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेल, काग्रेसकी उषा गुरुङ लगायत १६ जना सभाषदले भाग लिएर जनताको सुझाव संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: