संविधानमा आमा वा बाबुको नामबाट नागरिकता

unnamedभद्रपुर । अव बन्ने संविधानमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने प्रावधान सुनिश्चित हुनु पर्ने अधिकारकर्मीले माग गरेका छन् । मगंलवार भद्रपुरमा सम्पन्न संविधानको प्रारम्भिक मस्यौदामाथिको छलपलमा अधिकारकर्मी महिलाहरुले राज्य विहिन अवस्था आउनु नहुने भन्दै नागरिकताको प्रावधान नागरिक मैत्री हुनु पर्ने माग गरेका हुन् ।

महिला कानुन र विकास संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा बर्तमान नेपालको कानुनी प्रावधानले हजारौं नेपाली नागरिकताबाट विमुख हुने अवस्था आएको डकुमेन्ट्री प्रस्तुत गर्दै अधिवक्ता चन्द्रा श्रेष्ठले नारी र पुरुष बीचको विभेद अन्त्य हुने गरी आमा वा बाबुको नामबाट नागरिकता दिँदा वंशजको आधार कायम गर्न माग गरेकी थिइन् ।

त्यस्तै अधिकारकर्मी सिर्जना माली प्रधानले छलफलको सहजीकरण गर्दै पहुँचको भरमा नागरिकता पाउने प्रावधानले नेपाली भूमिका सन्तान पनि गैर नेपाली भएर बस्नु पर्ने बाध्यता अन्त्यको माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्: