१२ वर्षीया बालिकालाई बलात्कार गर्ने ७६ वर्षीय वृद्ध पक्राउ

balatkariभक्तपुर । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७६ वर्षीय बाबुकाजी बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । सूर्य्विनायक नगरपालिका–४, कटुञ्जेस्थित आफ्नै कोठामा बस्दै आएकी १२ वर्षीया बालिकालाई आइतबार साँझ जबरजस्ती बलात्कार गरेको स्थानीयले थाहा पाएपछि खाटमुनि नग्न अवस्थामा लुकेका सूर्य्विनायक–५ का बस्नेतलाई स्थानीयले समातेर ल्याई बुझाएको प्रहरीले जनाएको छ ।

बालिकाको कोठामा परिवारका सदस्य नभएको मौका छोपेर बलात्कार गरेको स्थानीयले जनाएको प्रहरीको भनाइ छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: