देशभक्त नागरिक अभियान नेपालले संघर्ष गर्ने

imagesबिर्तामोड । जातिय बिभेद भएको संविधान आएमा देशभक्त नागरिक अभियान नेपालले देशब्यापी शशक्त संघर्ष गर्ने जनाएका छ । बुधवार एक बिज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो ।

भर्खरै सुझावका लागी ल्याएको मस्यौदाका कतिपय धाराहरुले परम्परागत राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, जातिय एकता, सामाजिक र मानव एकतालाई टुक्रा–टुक्रा बनाउन खोजिएको भन्दै सुधार नगरे आन्दोलनमा जाने बताइएको छ ।

उनिहरुले नेपालीहरुको दिगो बिकास, दिगो शान्ति, गाँस, वास, कपास, स्वरोजगारको पुर्ण ग्यारेन्टी बिनाको संविधान आएमा आन्दोलन गर्नुको बिकल्प नभएको बताएका छन् । बिज्ञप्तीमा देशभक्त नागरिक अभियान नेपालका केन्द्रिय संयोजक रामचन्द्र बानियाँले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: