नेदरल्याण्ड टी–२० विश्वकपका लागि छनोट

01काठमाण्डौ । नेदरल्लयाण्ड आगामी वर्ष भारतमा हुने टी–२० विश्वकपका लागि छनोट भएको छ ।
टी–२० विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको दोस्रो प्ले अफमा नामिबियालाई ४ विकेटले पराजित गर्दै नेदरल्याण्डले विश्वकपमा स्थान बनाएको हो । नामिबियाले प्रस्तुत गरेको १३६ रनको लक्ष्य नेदरल्याण्डले अन्तिम चार बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।

अन्तिम ओभरमा चार रन चाहिएको अवस्थामा नामिबियाले भान डेर मर्वको विकेट लियो । तर, दोस्रो बलमा मुदस्कर बुखारीले पहिलो बलमा नै चौका हान्दै नेयरल्याण्डलाई विश्वकपमा र्पुयाए । नेदरल्याण्डका लागि स्टिफान माइबर्गले ३१ रन बनाए भने माइकल स्वार्टले २८ रन जोडे । यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । क्रेग विलियम्सले ४३ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्: