नेपाल र भारत भिडन्त

download (1)दिल्ली । आगामी भदौ १४ गते नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ। पुनेस्थित बेलवादी रंगशालामा दुई देशबीच मैत्रीपूर्ण फुटबल हुन लागेको भारतीय फुटबल संघले जनाएको छ । नेपालसँगको खेललाई भारतले फिफा विश्वकप छनोट २०१८ र एसियन कप २०१९ को तयारीको रूपमा लिएको छ ।

सेप्टेम्बर ८ मा भारतले घरेलु मैदानमा यसका लागि इरानसँग छनोट खेल खेल्दैछ । गत मार्चमा गुहाटीमा भएको विश्वकप छनोट खेलमा भारतले नेपाललाई २(० गोलले हराएको थियो भने काठमाडौंको नतिजा गोलरहित बराबरीमा टुंगिएपछि भारत दोस्रो चरणमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: