बिष्ट क्रान्तिप्रति प्रतिबद्ध नेता हुन – मौसम

11082565_841671252546417_3393005585563982968_nबिर्तामोड । नेकपा–माओवादीका केन्द्रिय सदस्य मौसम लिम्बुले लोकेन्द्र बिष्ट माओबादी आन्दोलन भित्रको हजारौं इमान्दार र क्रान्ति प्रति प्रतिबद्ध माओबादीहरुको प्रबृतिको प्रतिनिधित्व भएको बताएका छन् ।

उनले बुधवार दिउसो फेुसबुक मार्फत यस्तो टिप्पणी गरेका हुन् । एमाओबादीको सर्बोच्च निकाय स्थाइ समिति सदस्यको पदबाट राजिनामा दिनु माओबादी आन्दोलन तिब्र बिघटनको एउटा उत्कर्ष नै भएको बताए ।

सहि राजनैतिक लाइन,मुलत नेतृत्व र सम्पुर्ण माओबादीहरुको रुपान्तरण सहित एकता नभए अरु हजारौ क्रान्ति प्रति इमान्दार प्रतिबद्ध माओबादी नेता कार्यकर्ताहरु बिष्ट जस्तै खेतबारीमा फर्कन र खाडी मुलुकमा जान बाध्य हुने उनले उल्लेख गरेका छन् । यो घटना संकेत मात्र भएको बताउदै नेता लिम्बुले सबै माओवादी बिचको एकता नभए माओबादी र नेताहरुको हालत बिग्रदै जाने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्: