लोकसेवा आयोगले बुझायो सुझाव

काठमाण्डौ । downloadले प्रादेशिक लोकसेवा आयोगको नियन्त्रण, नियमन र सञ्चालन संघीय लोकसेवा आयोग मातहत नै हुनुपर्ने सुझाव दिएको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले मंगलबार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटेर सुझाव बुझाएका हुन् ।

सुझावमा प्रादेशिक लोकसेवा आयोगबाट सार्वजनिक निकायमा पदाधिकारी नियुक्त गर्दा योग्यता परीक्षण, परीक्षा लगायतका काम विश्वासिलो र पारदर्शी बनाउन संघीय लोकसेवा आयोगप्रति नै उत्तरदायी हुनुपर्ने व्यवस्था संविधानमा उल्लेख गर्न भनिएको छ । ’

सार्वजनिक निकायमा पदाधिकारी नियुक्त गर्नलाई लोकसेवा आयोगको परीक्षण विधि र सिद्धान्त पारदर्शी र वैज्ञानिक छन्,’ आयोगका अध्यक्ष मैनालीले भने, ’तर, हाल जारी संविधानको प्रारम्भिक मस्यौदामा प्रत्येक प्रदेशमा प्रादेशिक लोकसेवा आयोग रहने भए पनि प्रादेशिक लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रादेशिक कानुनबमोजिम हुने भएपछि समस्या भयो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: