सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्छ – मन्त्री रिजाल

Minendra-Rijalइलाम । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्ने बताएका छन् । “एकरदुई दिन ढिलो गरेर केही हुँदैन् तर हतारोमा संविधान जारी गर्दा समस्या हुन्छ ।

संविधान जारी गरौँ तर सीमाङ्कनसहितको गरौं”– रिजालले भने । सुझाव सङ्कलन गरेर ताप्लेजुङबाट फर्किने क्रममा बुधबार बिहान इलाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री रिजालले जनताले दिएका अमूल्य सुझावको कदर गर्दै सङ्घीयतासहितको संविधान जारी गर्नुपर्ने बताए ।

जनताले धेरै किसिमका सुझाव दिएको भन्दै उनले सबैको गहन अध्ययन र विश्लेषण गरेर संविधानमा समेटिने छ । बारम्बार लेख्नुपर्ने खालको संविधान लेख्नु नपरोस् भनेर एकरदुई महिना ढिलै भए पनि सीमाङ्कनसहितको संविधान जारी गर्न सबैले कसरत गर्नुपर्छ, मन्त्री रिजालले बताए, “सीमाङ्कनसहितको संविधान जारी गरेमा असन्तुष्ट दल पनि सहमतिमा आउँछन् ।”

एक फरक प्रसङ्गमा मन्त्री रिजालले संविधान बनेपछि तत्काल प्रधानमन्त्री, राष्ट्रपति पाउने आशामा हतारोमा काम भइरहेको समेत बताए । हतार गर्नुभन्दा केही समय लिएर भए पनि दिगो, लोकतान्त्रिक र सबैलाई मान्य हुने संविधान जारी गर्न सकेमा त्यो नेपाल र नेपाली जनताको हितमा हुने र त्यसले दिगो शान्ति कायम गर्ने सञ्चार मन्त्री रिजालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्: