फिल्म ‘बाहुबली’ को संवादले गर्दा दलित संगठनद्धारा सिनेमाहलमा बम प्रहार

bb1एजेन्सी । एउटा दलित संगठनका सदस्यहरुले ब्लकबस्टर फिल्म ‘बाहुबली’ देखाएको एउटा सिनेमा हलमा पेट्रोल बम फ्याकेर पछि प्रहरी सामु आत्मसमर्पण पनि गरेका छन् । यस घटनालाई लिएर त्यस संगठनका ७ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

यस घटनामा कसैको घाइते भएको समाचार आएको छैन । प्रहरीले जानकारी दिएको छ सिनेमाहलको वालमा क्षति पुगेको छ । घटना भएको समयमा सिनेमाहलमा कसैको उपस्थिति थिएन । यसको शिलशिलामा ‘पुराची पुलिगल’ (क्रांतिकारी बाघ) का सदस्यले प्रहरी समक्ष समर्पण गरेका छन् ।

सदस्यहरुले फिल्ममा दलितहरुको बारेमा अपमानजनक संवाद भएको जनाएका छन् । यता प्रहरीले उनीहरुले आफ्नो संगठनको प्रचारका लागि बम फ्याकेको जनाएको छ । यस घटनापछि सबै सिनेमाहलहरुको बाहिर प्रहरी तैनाथ गरिएको छ ।bb

भरखरै केही दलित संगठनका सदस्यहरुले सिनेमाहलहरुको बाहिर प्रदर्शन गरेका थिए । तर, उनीहरुलाई प्रहरीले चेतावनी दिएर छोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: