बुधबार राति भूकम्पको कडा पराकम्प

bhukampaकाठमाण्डौ । बुधबार साँझ ४.६ रेक्टर स्केलको पराकम्प गएको छ । राति १० बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्टिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर पराकम्प गएको हो ।

वैशाख १२ को शक्तिशाली भूकम्पपछि लामो समयसम्म जारी रहेको पराकम्प पछिल्लो केही दिन रोकिएको थियो । तर, बुधबार रातिको पराकम्पपछि मानिसहरु घरबाट बाहिर निस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्: