भोली नेपाल बन्द, सम्झौता खारेजीको माग गर्दै विप्लवको मशाल जुलुस

masal_julusभक्तपुर । विप्लव नेतृत्वको नेकपा माओवादीले भारत–चीनबीच लिपुलेकलाई साझा व्यापारिक नाका बनाउने गरेको सहमतिको खारेजीको माग गर्दै बुधवार साँझ भक्तपुरमा मशासल जुलुस प्रदर्शन गरेको छ ।

माओवादी भक्तपुरका सचिव क्षितिज मल्लले दिएको जानकारी अनुसार भूकम्पको राहतमा भ्रष्टाचार गर्ने तथा कालोबाजारी गर्नेहरुलाई पनि कारवाही गर्न माग गर्दै सो मशाल जुलुस प्रदर्शन गरिएको हो ।

विप्लव माओवादीले भारत–चीनबीच भएको सम्झौताको विरोध तथा चार राजनीतिक दलहरुबीच भएको १६ बुँदे सम्झौताको खारेजीको माग गर्दै साउन ८ गते ( भोली) नेपाल बन्दको आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: