रोजाइमा परेन ’ताम्सालिङ प्रदेश’

imagesसिन्धुपाल्चोक । ५५ प्रतिशतभन्दा बढी तामाङ समुदायको बसोबास रहेको सिन्धुपाल्चोकमा ’ताम्सालिङ प्रदेश’ उनीहरुकै रोजाइ र चाहनामा परेन । अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना समितिले सिन्धुपाल्चोकलाई ’ताम्सालिङ प्रदेश’ को राजधानी प्रस्ताव गरेको भए पनि संविधानको पहिलो मस्यौदामाथि सुझाव संकलनका क्रममा यस विषयमा राय नै परेन भन्दा पनि हुन्छ ।

निकै कमले जिल्लालाई ताम्सालिङ प्रदेशमा समेट्न सुझाव दिए पनि अधिकांश तामाङले नै यसलाई उतिसारो चासो दिएनन्। जिल्लाको तीन निर्वाचन क्षेत्रको ६ स्थानमा मस्यौदामाथि सुझाव संकलन गरिएपनि ताम्सालिङ प्रस्ताव गर्ने हातका औंलामा सिमित थिए ।

ताम्सालिङप्रति तामाङ समुदायकै बेवास्ताबाटले निष्किर्ष दिएको छ, ’आखिर नाममा के छ र ! जे छ सारमा छ ।’ राज्य पुनःसंरचना समितिले सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, रसुवासहितका नौ जिल्लालाई समेटेर ताम्सालिङ प्रदेश र चौतारालाई प्रदेश राजधानी बनाउन प्रस्ताव गरेको थियो ।

एकीकृत माओवादीले पनि सिन्धुपाल्चोकलाई ताम्सालिङ प्रदेशको राजधानी मान्दै आएको छ । पछिल्लो जनगणनाअनुसार जिल्लाको जनसंख्या २ लाख ७० हजार रहेकोमा तामाङलगायत जनजाति हिस्सा मात्रै ६० प्रतिशतको हाराहारीमा छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: