सम्पदा निरीक्षण गर्न युनेस्को टोली आउने

uneskoकाठमाण्डौ । भूकम्पपछि पूर्ण र आशिंक क्षति भएका उपत्यकाको विश्व सम्पदा सूचीमा परेका सम्पदाहरूको पुनःनिर्माण र मर्मत संभारको निरीक्षण गर्न युनेस्कोको प्राविधिक टोली आउने भएको छ ।

सन् २०१६ को जनवरीमा नेपाल आउने युनेस्कोको प्रविधिक टोली वैशाख १२ को महाभूकम्पपछि यहाँ रहेका विश्वसम्पदामा भएका क्षतिको बारेमा अवलोकन गर्नेछन् । टोलीले पुरातत्व विभागले तयार पारेको पुनःनिर्माण र मर्मत संभारका सम्पूर्ण योजना, बजेट, जनशक्ति, प्राविधिक क्षमता, प्रक्रियालगागतका बारेमा अध्ययन गर्ने छ ।

भूकम्पका कारण २० जिल्लाका ७ सय ४५ वटा पुरातात्विक सम्पदामा असर परेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: