आपको रुखमा बाँदर भनेर बन्दुक हान्दा एकको मृत्यु

varuwa bandukधनकुटा । जिल्लाको मउनाबुदुक–१ मा आँपको रुखमा बादर आएको भनी भरुवा बन्दुक प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मउनाबुदुक–१ बस्ने ६६ बर्षीय धन बहादुर राई छन् ।

८० बर्षीय नन्दलाल राईले आफ्नो घर नजिक रहेको आँपको बोटमा बाँदर आएको ठानेर भरुवा बन्दुक प्रहार गर्दा गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले नन्दलाललाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: