काठमाण्डौंमा मात्रै ५१ जना माओवादी नेता कार्यकर्ता पक्राउ

mbकाठमाण्डौ । भारत र चीनले नेपाली भूमि लिपुलेकका विषयमा गरेको सहमति , १६ बुदे सहमति लगायतकाको विरोध गर्दै विप्लव माओवादीले आज आव्हान गरेको बन्दका क्रममा काठमाण्डौंबाट मात्रै ५१ जना बन्दकर्ताहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी एसएसपी नारायण सिंह खड्काले काठमाण्डौं वानेश्वर, कोटेस्वर, चावहिल, बालाजु लगायतका ठाउबाट बन्दकर्ताहरु पक्राउ परेको जानकारी दिए । यस्तै ललितपुर पाटनबाट एक जना माओवादी कार्यकर्ता पक्राउ परेको उनले बताए ।

होहल्ला गर्ने, नारावाजी र तोडफोड गर्नेलाई मात्र पक्राउ गरिएको एसएसपी सिंहले दावी गरेका छन् । काठमाण्डौंबाट माओवादी केन्द्रीय नेता परियार, बन्धु चन्द सहितकालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्: