नेपाल बन्द गराउने विप्लव यतिबेला कहाँछन् थाहा छ ?

Capture18biplab moustकाठमाण्डौ । शुक्रबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेपाल बन्द गरायो । बन्दका कारण काठमाण्डौ उपत्यकासहित देशभर जनजीवन ठप्पै बन्यो । विप्लवका नेता तथा कार्यकर्ता सडकमा ओर्लिए ।

कति पक्राउ पनि परे । बन्दकर्ताले कतिपय स्थानमा बन्द अवज्ञा गरेको आरोपमा सवारी साधन जलाए । लिपुलेकको विषयमा नेपाल, भारत र चीनलाई बोल्न लगाउन बन्द आह्वान गरिएको विप्लवले आफ्नो फेसबुकमा पोष्ट गरेर जानकारी गराए ।

उनले सबैलाई बन्द सफल पार्नसमेत आह्वान गरे । तर, तपाईलाई थाहा छ विप्लव कहाँ छन् ? उनी नेपाल बन्द गराएर यतिबेला नेपालमा छैनन् । गत साता कतार पुगेका विप्लव यतिबेला दुबईमा छन् । जुन पार्टीको बन्द छ त्यसका मुख्य कमाण्डर नै देशबाहिर ।

विल्पव २ र ३ दिनपछि मात्र नेपाल फर्कने प्रवक्ता खड्गबहादुर विश्वकर्माले काठमाण्डौ टुडेलाई बताए । विश्वकर्माले बन्द सफल भएको र जनताको पूर्ण साथ पाएको भन्दै खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्: