बिर्तामोडका एमाओवादी भन्छन् – एमाओवादी परित्याग गरेका छैनौँ

imagesबिर्तामोड । एमाओवादी परित्याग गरिएको भन्ने भ्रामक प्रचार–प्रसार नगर्न सुझाव दिदै बिर्तामोडका २३ जना माओवादी नेता तथा कार्यकर्ताले बिज्ञप्ती जारी गरेका छन् । बिहिवार उनिहरुले यस्तो बिज्ञप्ती जारी गरेका हुन् ।

उनिहरुले बिज्ञप्तिमा भनेका छन् ‘–कसले भ्रमको खेति गरिरहेको छ हामिलाई थाहाँ छैन्, जथाभावि प्रचार नगर्न चेतावनी दिन चाहन्छौँ । ’ पार्टी नछोड्नेहरुमा गोपाल कडरिया, मोहन राजवंशी, धनसरी राजवंशी, मिना कुमारी प्रधान, पुरन दुलाल, बालाजित राई, कबिन्द्र राई, जगदिस मितल, मञ्जीत राई, विष्णु राजवंशी, जयसिंह राजवंशी, सोमनाथ अधिकारी, लिला राजवंशी, मंगल दास, थिर बहादुर राजवंशी, बिर बहादुर चौधरी, किसोर संगौला, अरुण सुवेदी, बबिता सुवेदी, ससीधर भट्टराई, पुण्य उप्रेती लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: