बिर्तामोडमा ब्यापारीको भेला

20150724_164005

                                                                                                   अध्यक्ष राई र सचिव श्रेष्ठ 

बिर्तामोड । बिर्तामोड नगर क्षेत्रभित्र रहेका ब्यवसायीहरुको भेलाले नेपाल राष्ट्रिय ब्यपार महाँसंघ को बिर्तामोड नगर समिति निर्माण गरेको छ । शुक्रवार आयोजित कार्यक्रमले भिम राईको अध्यक्षतामा २१ सदस्य नगर समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रामकृष्ण अधिकारी, सचिवमा ओमप्रकास श्रेष्ठ, सह–सचिवमा राकेश सिंह, कोषाध्यक्षमा पहलमान लोहार सर्वसहमतीमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पार्वती दाहाल, पवित्रा बस्नेत, डिल्लीराम बास्कोटा, किसन गिरि, कमल पौडेल, अर्जुन बुडाथोकी, सिताराम अधिकारी, जीवनकुमारी श्रेष्ठ, बिपिन कोइराला, अजय गोयल, जगदिश मित्तल र भिष्म दाहाल रहेका छन्  ।

रिक्त रहेका ६ सदस्य आगामी बैठकले तय गर्ने समितिका अध्यक्ष राइले बताए । नेपाल राष्ट्रिय ब्यापार महाँसंघ बिर्तामोड नगर समितिका संयोजक रामकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा एमाओवादी बिर्तामोड नगरका इन्र्चाज कुवेर श्रेष्ठ (अरुण) को प्रमुख आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: