बिहीबारबाट प्रसिद्ध हस्पिटल सुरु

photo birtacity hospitalफिक्कल । इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलमा बिहीबारबाट प्रसिद्ध हस्पिटल सुरु भएको छ । फिक्कलमा एक कार्यक्रमको आयोजना गरी उक्त हस्पिटलको उद्घाटन गरिएको हो ।

प्रमुख अतिथि डा. धनराज राई, विशिष्ठ अतिथि बी एण्ड सी हस्पिटल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाइँलगायतले हस्पिटलको उद्घाटन गरे । १५ बेडको उक्त हस्पिटल इलामको नमूना बनाउने लक्ष्य राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

बिहीबारबाट सुरु भएको हस्पिटलका लागि एक जना चिकित्सक २४सै घण्टा उपलब्ध गराउने बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । बी एण्ड सीले एकजना चिकित्सक निःशुल्क रुपमा उपलब्ध गराउने सम्झौता भएको प्रशिद्ध हस्पिटलले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राई, बी एण्ड सीका कार्यकारी निर्देशक प्रसाई, नेपाली कांग्रेस क्षेत्रीय अध्यक्ष भिष्म प्रधानलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्: