भूकम्पमा हराएका १६० अझै बेपत्ता

02काठमाण्डौ । १२ र २९ वैशाखको भूकम्पमा हराएकामध्ये एक सय ६० जना अझै बेपत्ता छन्। नेपाल प्रहरीका अनुसार एक सय ३८ नेपाली र २२ जना विदेशी बेपत्ता छन् ।

 

 

–भूकम्पमा मृत्यु भएका करिब

५० को शव पहिचान भएन

–प्रहरीले डिएनएमार्फत

सनाखत गर्न प्रक्रिया थाल्यो

–भूकम्पमा मृत्यु हुनेको संख्या

आठ हजार नौ सय ९८

 

 

 

 

 

 

 

भूकम्पका वेला काठमाडौंसहित रसुवा, गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट र धादिङमा हराएकाहरू भेटिएका छैनन् । धेरैजसो रसुवा, गोरखा र सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा बेपत्ता भएको छ ।

काठमाडौंबाट मात्र २७ जना बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार काठमाडौंबाट हराउनेमा फुलकुमारी गिरी, शिवराज विक, प्रवीण काफ्ले, केशबहादुर मगर, शंकर चौधरी, सरस्वती बगाले, इन्दिरा बगाले, अनिल पोदार, रामकुमार लामिछाने, नेत्रकुमार थामी, हरेराम यादव छन्।

त्यस्तै, केदार मगर, मोहनलाल सनई, विदुर भण्डारी, रविन बिजेश्वरी, भुवन पटेल, राजन मगर, डम्बरबहादुर खड्का, रत्नप्रसाद लामिछाने, सहदेव पन्त, भरतलाल जोशी, अर्जुनजंग राणा, प्रशान्त श्रेष्ठ, सुरेश ख्याती, सुमन तामाङ, प्रकाश पन्त र विशेष श्रेष्ठ पनि काठमाडौंबाटै भूकम्पमा हराएका हुन् ।

सिन्धुपाल्चोकमा हराउनेहरू पासाङ छोरी शेर्पा, हिरामाया गुरुङ, नरबहादुर तामाङ, जयराज कार्की, भूपेन्द्र भुसाल, सुनील ठाकुर छन् ।
त्यस्तै, रसुवामा मात्र एक सय पाँचजना अझै हराइरहेको रसुवाका प्रहरी प्रमुख डिएसपी प्रवीण पोखरेलले बताए। रसुवामा हराउनेमा २२ जना विदेशी छन् ।

अझै बेपत्ता रहेकामा दावा शेर्पा, जुम्रे शेर्पा, डोल्मा शेर्पा, मनिकुमार राई, वीरबहादुर तामाङ, भीमसेन बञ्जारा, काडी शेर्पा, लक्की शेर्पा, मिङमा शेर्पा, धर्मराज तिमल्सिना, गोकुल तिमल्सिना र सिगे लामा छन् ।03

त्यस्तै, दिनेश भट्टराई, कृष्णप्रसाद उमागाईं, प्रेम गिरी, ख्यालबहादुर आचार्य, सुरेश ओली, वीरबहादुर खड्का, निरबहादुर लामा, निमा शेर्पा, छोरी शेर्पा, छिरिङ शेर्पा, फुर्बा शेर्पा, लाक्पा शेर्पा, आङकाजी शेर्पा, तेम्ब शेर्पा, उर्छेनतोप शेर्पा र उर्केन शेर्पा पनि रसुवामा हराएकोमा तीन महिना हुन लाग्दासमेत भेटिएका छैनन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्: