राजश्व छलीमा प्रहरी चौकीका प्रमुख

unnamedभद्रपुर । झापाको दक्षिण–पश्चिम भारतिय सीमा क्षेत्रमा सुरक्षाका लागि राखिएका प्रहरी चौकीका प्रमुखले तस्करसंँग मिलेर राजश्व छलीमा सहयोग पुर्याउदै आइरहेको जानकारी जिल्ला प्रहरी कार्यालयले पत्ता लगाएको छ ।

झापाको पृथ्वीनगर, महेशपुर ,बनियानी, केचना, घेरावारी, कुमोरखोद क्षेत्रमा कार्यरत नेपाल प्रहरीका स्थानीय प्रमुखले तस्करसँग मिली दैनिकरुपमा लाखौ रुपैयाको लत्ता कपडा, सुर्ति खाद्य तथा हार्डवेरका सामाग्री खुलेआम भित्रिने वातावरण निर्माण गरेको प्रमाण झापाको प्रहरी नेतृत्वले फेलापरेपछि तस्करीमा सहयोग पुगेको रहस्य बाहिर आएको हो । भारतवाट ल्याएको सामाग्री सो क्षेत्रभएर आउने सामानलाई नजराना पाउने लोभमा सुरक्षा दिने गरेका छन् ।

दैनिक राती ९ देखि विहान ३ बजे सम्म र अवस्था हेरेर पश्चिममा टाघनडुब्बा देखि पूर्वमा केचना– महेशपुर सम्मको दक्षीणी नाका सहज रुपमा तस्करले प्रहरीसँग मिलेर उपभोग गर्दै आइरहेको स्थानीयको भनाइ छ ।

यसैक्रममा जिल्ला प्रहरी कार्यालय झापाको विशेष टोलीले बुधवार मध्य राती अन्दाजी १० लाख मूल्य बरावरको लत्ता कपडा टाघन डुब्बा–२ नयाँ वस्तीवाट बरामद गरेपछि दक्षीण– पश्चिम क्षेत्रका चौकी प्रमुखको तस्कर सँगको मिलेमतो पुष्टि भएको हो ।

लाइनबद्ध भएर १६÷१७ जनाको समुहले सामानलाई टाउकोमा राखेर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । प्रहरीलाई देखेपछि तस्करले छाडेर भागेको लत्ता कपडालाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सो क्षेत्रवाट प्रायःजसो ट्याक्टरवाट एक रातमा ३० देखि ४० पोका भित्रिने गरेको भारतीय एक लाइन मेनले बताए । हाल भद्रपुरको नाकामा कडाइ हुनथाले पश्चात र नदीमा पानी बढेपछि तस्करले दक्षिण–पश्चिम क्षेत्रलाई मूख्य नाकाको रुपमा प्रयोग गर्दै आएका छन् ।

यस क्षेत्रवाट दिउसै सामाग्री आउने गरेको स्थानीय बताउँछन् । नेपालको सिमा क्षेत्र हरेक दृष्टिकोणवाट कोल्टे परेको हुदाँ दिउँसै भारतवाट सामान नेपाल भित्रिने गरेको प्रहरी स्रोतले बताएको छ । नेपालवाट लाइन मेनले राती सुपारी भारत लाने र र्फकदा कपडा, तेल, सूर्ति हार्डवेरका सामान ल्याइने गरेको समेत प्रत्यक्षदर्शी बताउँछन् ।

सुरक्षाका लागि खटिएका प्रहरी इन्चार्ज भने तस्करीको संरक्षक भएर रमिते बन्ने गरेको सो क्षेत्रका बासिन्दाले बताए । इलाका प्रहरी कार्यालय कुमरखोदका सई मोहन भुजेलले हाम्रो र जिल्लावाट आएको विशेष टोलीले सामान बरामद गरिएको हुदा मिलेमतो नभएको बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएस्पी एवं प्रहरी प्रवत्ता विश्वमणि पोखरेलले सीमामा राखिएका सवै प्रहरीको सक्रियताका साथै जिल्ला तथा क्षेत्रवाट खटिएका विशेष प्रहरी टोलीले सामान बरामद गरिएको बताए ।

                                                                                               अवैध सामग्री पक्राउ

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले ६ लाख ३१ हजार ७ सय असी रुपैया मूल्य वरावरका अवैध सामग्री पक्राउ गरी शुक्रवार भन्सार बुझाएको छ । भारतीय बजारबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउने क्रममा दुई दिन अघि झापाको टाघन डुब्बा –२ नयाँ बस्तीबाट ती सामग्री नियन्त्रणमा लिइ मेची भन्सार काँकरभिट्टा बुझाएको हो । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार पक्राउ परेका सामग्रीहरुमा बच्चाका भेष्ट , पर्दाको कपडा , लेडिज टप ,सिरक–डस्नाको खोल,झुल लगाएत विभिन्न कपडाका आइटम बरामद गरिएको जनाएको छ । पूर्वीनाकामा हाल केहि कडाई भएपश्चात तस्कर समुहले झापाको पश्चिम भारतिय सिमा क्षेत्रलाई तस्करी गर्ने मूख्य नाकाको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: