शान्तिपूर्ण आन्दोलनमा हाम्रा मान्छे गिराफ्तार किन गरियो ? प्रकाण्ड

khadka bahadur bkकाठमाण्डौ । नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आज बिहानदेखि शुरु भएको शान्तिपूर्ण बन्दको क्रममा पार्टीका नेताहरु पक्राउ गरेकोमा विरोध जनाएका छन् ।

प्रवक्ता प्रकाण्डले राष्ट्रिय स्वाधीनता सहितका मुद्धामा शान्तिपूर्ण प्रदर्शन र विरोध गर्न पाउने हकलाई समेत कुण्ठित हुने गरी नेता कार्यकर्ता पक्राउ गर्नु सरकारको कायरता भएको दावी गरे ।

बन्दमा जनताले राम्रो साथ दिएको दावी गर्दै प्रकाण्डले देशभर पक्राउ परेका सबै नेता कार्यकर्तालाई अविलम्व रिहा गर्न माग समेत गरेका छन् । पार्टीले सवारी साधनमा तोडफोड नगरेको प्रकाण्डको दावी छ ।

प्रतिक्रिया दिनुहोस्: