काका र भतिजी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

atma hatyaकाठमाण्डौ । काका र भतिजी पर्ने दुईजना एकै ठाउँमा शुक्रवार मृत अवस्थामा फेला परेका छन् । पिपलधारा ८ का ३८ वर्षीय बेलबहादुर मुखिया र उनकै भाई पर्नेकी छोरी अन्दाजी १६ वर्षीया सीता मुखिया मृत फेला परेका हुन् ।

प्रहरी निरीक्षक रामप्रसाद पौडेलका अनुसार खन्युको रूखमा झुण्डिएको अवस्थामा सीता र त्यसकै फेदमा बेलबहादुर मृत अवस्थामा भेटिएका हुन् । ‘थप सोधपुछ र अनुसन्धान गर्दैछौं,’ उनले भने । युवती बीच भागमा झुण्डिएको र झण्डै तीन मिटर तल रुखको फेदमै काका मृत अवस्थामा फेला परेका हुन् ।

परिवारका अनुसार दुवैको घर नजिकै छ । गाउँमा दुवैको घर पैंचो लेनदेन गर्ने घर भएकाले सीता बेलबहादुरको घरमा पैंचो तिर्न पुगेकी थिइन् । बेलबहादुरका परिवारले सीता बिहीबार साँझ नै फर्किएको प्रहरीलाई बताएका छन् । स्थानीय हरिबहादुर थापाका अनुसार केटीलाई रुखमा झन्ड्याइएको र केटाको कुटपिटबाट मृत्यु भएको आशंका गाउँलेको छ ।

प्रतिक्रिया दिनुहोस्: