बलि दिने नौ जना पक्राउ, झारफुकको नाममा बालकको बलि !

girl, barrier, prohibition, shutout, distinctness, otherness, problemकाठमाण्डौ । नवलपरासीको कुडियामा १० वर्षीय बालकलाई बलि दिइ हत्या गरिएको छ । प्रहरीले बलि दिने नौजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो । इलाका प्रहरी कार्यालय बेलटारीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) जगतबन्धु पोख्रेलका अनुसार प्रारम्भिक अनुसनधानका क्रममा स्थानीयवासीले झारफुकको अन्धविश्वासमा बालकलाई बलि दिएर हत्या गरेको खुलेको छ ।

गत पाँच साउनदेखि बेपत्ता कुडिया–४ निवासी १० वर्षीया बालक सोनी भन्ने जीवन कहाँरको सव शव शुक्रवार घरदेखि ४ सय मिटरपूर्व पिगेप गेस्ट हाउसको पछाडि फेला परेको छ । बालकको घाँटी रेटी हत्या गरिएको अवस्थामा भेटिएको हो । उनको घाँटी आधा काटीएको अवस्थामा झाडीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: